• 2:26 pm

स्याङ्जा-१ बाट प्रतिनिधिसभामा कांग्रेसका राजु थापा निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०४:१९

raju

९ मंसिर २०७९, काठमाडौँ : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् । नेकपा एमालेका उमेदवार नारायणप्रसाद मरासिनीलाई तीन हजार २५५ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य थापा निर्वाचित भएका हुन् ।


थापाले ३१ हजार ९९९ मत ल्याए । मरासिनीले २८ हजार ७४४ मत पाए । थापा ०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । स्याङजा क्षेत्र नम्बर २ को भने अहिलेसम्म मतगणना सुरुहुन सकेको छैन् ।

प्रतिकृया