• १९:५२ २०८० चैत्र १६ गते
  • 7:52 pm

समानुपातिकमा एमालेले पायो ५ लाख बढी मत, अन्य दलले कति पाए ?

प्रकाशित मिति

२०७९ मंसिर ८ गते, बिहीबार ११:००

samanupatik

८ मंसिर २०७९, काठमाडौँ: समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले ५ लाख मत पार गरेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मत ५ लाख ९ हजार ९८६ मत ल्याएको हो ।


दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ७१ हजार ३९८ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ लाख ६१ हजार ५२० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको २ लाख ३१ हजार ८८ मत रहेको छ ।


राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको १ लाख ३६ हजार ७२८ मत रहेको छ भने जसपा नेपालको ५७ हजार २७१ रहेको छ । नेपाल मजदुर किसान पार्टीले ४७ हजार ४५२ मत तथा नागरिक उन्मुक्ति पार्टीको ३३ हजार ६३८ मत रहेको छ ।


जनमुक्ति पार्टीको ३३ हजार १० मत रहँदा नेकपा (एकीकृत समाजवादी) को ३२ हजार ७७९ मत रहेको छ । अन्य दलले १ लाख ११ हजार ४५० मत पाएका छन् ।

प्रतिकृया