• १२ असोज २०८३, सोमबार
  • १२ः३२ राती

विश्वकप फुटबल: जर्मनीलाई जापानको डर

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०२:५९

७ मंसिर २०७९, काठमाडौँ: विश्वकप फुटबलमा जर्मनी र जापान प्रतिस्पर्धा गर्दैछन्। विश्वकप फुटबलमा सर्वाधिक सफल जर्मनीविरुद्ध एसियन पावर हाउस जापान मैदानमा उत्रिँदा स्वाभाविक रूपमा खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ । विश्वकपमा बुधबार पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुवात गर्दा संयमित हुनेछ। समूह ‘इ’मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ मा सुरु हुनेछ ।

National Life

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा जापानविरुद्ध मैदान उत्रिँदा जर्मनीलाई अघिल्लो संस्करणको खराब प्रदर्शनलाई बिर्साउने चुनौती रहनेछ। त्यसैले जर्मनी पहिलो खेलमा नै ३ अंकका लागि प्रतिस्पर्धा गर्नेछ । २०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यो पटक ४ वर्षअघिको खराव विरासत विर्सन पनि जर्मनी जापानविरुद्ध जित निकाल्न चाहन्छ ।


जापानले १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो। त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आइरहेको छ । रुस विश्वकपमा समेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो। जापानले समूह चरण पार गरेको थियो। यस पटक पनि जापान पुरानो बिरासतलाई जोगाउने योजनामा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जर्मनीविरुद्ध मैदान उत्रिँदा जापान पनि साउदी अरेबियाले जस्तै सरप्राइज जित चाहन्छ । जर्मनी र जापानबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ। जसमा सन् २००४ मा जर्मनीले जापानलाई ३-० ले पराजित गर्दा सन् २००६ मा भने जर्मनी र जापानबीच २-२ गोलको बराबरी भएको थियो ।


फिफा विश्वकपमा भने यी दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिकृया