• १२ असोज २०८३, सोमबार
  • १०ः०७ बिहान

नवलपरासीमा खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०३:०९

७ मंसिर २०७९, काठमाडौँ : नवलपरासी बर्दघाट नगरपालिका-४ को एक खाजा पसलमा मंगलबार राति खुकुरी प्रहारको घटनामा संलग्नको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जनाको चिन्ताजनक छ ।

National Life

घटनामा संलग्नको आरोपमा बर्दघाट नगरपालिका –२ का ५० वर्षका ज्ञानेन्द्रबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए । मंगलबार राति करिब ९ बजे समयमा खाजा पसलमा पुगेका रानाले पसलधनी ४२ वर्षकी विष्णुकुमारी काउछा र कोठामा बसेका ४६ वर्षका दीलिपकुमार पुनमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।


गम्भीर घाइते भएका पुनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । मृतक बडीगाड गाउँपालिका–४, बाग्लुङका हुन् । चिन्ताजनक अवस्थामा भैरहवा मेडिकल कलेजमा उपचार भइरहेकी विष्णु पनि बागलुङको बडीगाडकै हुन् । विगत ४-५ वर्षदेखि विष्णुले एक्लै बर्दघाटमा खाजा पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । मृतक पुन र विष्णु नाताले दाजु बहिनी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

खुकुरी प्रहारपछि भागेका रानालाई आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरिएको डीएसपी पाण्डेले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको भनाइ छ ।

प्रतिकृया