• ०६:३२ २०८१ बैशाख ७ गते
  • 6:32 am

रोनाल्डोले छाडे युनाइटेड

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०९:४०

man utd striker cristiano ronaldo manager erik ten hag1 L51LM5iUP7

७ मंसिर २०७९, एजेन्सी : क्रिस्टियानो रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । युनाइटेडमा ३४६ खेल खेलेर १४५ गोल गरेका रोनाल्डोले दोस्रो पटक युनाइटेड छोडेका हुन् । रोनाल्डोले यो सिजन युनाइटेडका लागि १० प्रिमियर लिग खेल खेल्दै १ गोल गरेका छन् । गत सिजन मात्र युनाइडेटमा गएका रोनाल्डोले ४० लिग खेल खेल्दै १९ गोल गरेका छन् । पछिल्लो समय युनाइटेडका लागि कमै खेलमा सहभागी भएका रोनाल्डोले कमै समय मैदानमा बिताउन पाएका छन् ।


रोनाल्डोले युनाइटेडको बारेमा गरेको आलोचनाले पछिल्लो समय चर्चा पाएको थियो । रोनाल्डो यसअघि सन् २००३ देखि २००९ सम्म युनाइटेडमा रहेर स्पेनिस क्लब रियल मड्रिडमा आएका थिए । रियलमा १० वर्ष विताएका रोनाल्डो युभेन्ट्स हुँदै पुनः युनाइटेडमा गएका थिए ।

प्रतिकृया