कास्की–२ (१) मा एमालेका कार्की विजयी
प्रकाशित मिति
२०७९ मंसिर ७ गते, बुधबार ०७:१५
७ मंसिर २०७९, काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२ (१) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए ।
माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याए ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा एमालेका विद्या भट्टराईले अग्रता बनाएकी छिन् ।





प्रतिकृया