• ५ साउन २०८३, मंगलबार
  • ९:३४ बिहान

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब ३५ करोड

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०४:१०

६ मंसिर २०७९, काठमाडौं : मंगलबार नेप्से परिसूचक ७.१३ अंकले घटेको छ। आज नेप्से ०.३७ प्रतिशतले घटेर १९२९.७० बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँ पुगेको छ।


यस दिन २२८ वटा धितोपत्रको ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच भएको छ। मंगलबार जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयर मूल्य ६.२३ प्रतिशतले वृद्धि भएर प्रति कित्ता मूल्य ३७५ रुपैयाँमा बन्द भएको छ। त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ३.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१५ रुपैयाँ ३० पैसा कायम भएको छ। यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.५८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १८ हजार ६०१ रुपैयाँमा झरेको छ।

Kamana Sewa

त्यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ४.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३७१ रुपैयाँ कायम भएको छ। यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नेपाल बैंकको भएको छ। कम्पनीको २८३ रुपैयाँमा १२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

Classic Tech Desktop

यो मूल्य अघिल्लो दिनको तुलनामा १.०७ प्रतिशतले बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेकोे छ। उक्त कम्पनीको ५१३ रुपैयाँमा ८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०।०९ र ०.०३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य समूहको परिसूचक १.२२ प्रतिशतले घटेको छ।

प्रतिकृया