• १६:२२ २०८० चैत्र १५ गते
  • 4:22 pm

पूर्वमन्त्री महेश बस्नेतद्वारा मतदान

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार १०:५३

mahesh

४ मंसिर, २०७९, भक्तपुर: नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार महेश बस्नेतले मतदान गरेका छन् । आज विहान ९:५५ बजे नेता बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । भक्तपुर क्षेत्र नं। २ बाट २०७४ सालमा दोब्बर मतका साथ उनी विजयी भएका थिए । उनले कांग्रेसका नेता दमननाथ ढंगानालाई १८ हजारको बदलामा ३६ हजार मत ल्याई विजयी भएका थिए ।


भक्तपुरमा आज भएको निर्वाचनमा भने एमालेको विरूद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र जनमोर्चा सहितको पाँच दलीय गठबन्धन रहेको छ । पाँच दलीय गठबन्धन भएता पनि भक्तपुरमा भने लोसपा र जनमोर्चाको प्रभाव न्यून रहेको छ । आफुले भक्तपुरमा गरेको विकास र समृद्धिले गर्दा जनताको प्रिय बन्नुभएका नेता बस्नेतले गठबन्धनलाई यो पटक तेव्बर मतले हराउने उद्घोष गरेका छन् ।


भक्तपुरलाई विकासको ऐतिहासिक नयाँ युगमा नेता बस्नेतको नेतृत्वमा भएकाले भक्तपुर क्षेत्र नं। २ का जनताले सूर्य चिन्हमा मतदान गर्नेमा उनले विस्वास ब्यक्त गरे ।

प्रतिकृया