• १२ असोज २०८३, सोमबार
  • १ः२३ राती

विश्वकप फुटबल आज कतारमा सुरु हुँदै

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०६:४३

४ मंसिर २०७९, काठमाडौं : कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो। ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो। उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुँदैछ। उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।

National Life

यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई देश अघिल्लो चरणमा प्रेवेश गर्नेछन्। विश्वकपको विजेताले चार करोड २० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन करोड डलर पाउँदा तेस्रो हुनेले दुई करोड ७० लाख र चौंथो हुनेले दुई करोड ५० लाख डलर पाउनेछन्। विश्वकपका सबै खेल कतारमा बनेका आठ वटा रंगशालामा हुनेछन्। प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ।

प्रतिकृया