• १२ असोज २०८३, सोमबार
  • १ः२८ दिउँसो

विश्वकप फुटबलका लागि नेपाल टेलिकमले ल्यायाे यस्ताे अफर

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार ०४:५३

३ मंसिर, २०७९, काठमाडौँ : नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल-२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटिटिभी ग्राहकहरूका लागि फिफा वर्ल्डकप प्याकेज उपलब्ध गराउने भएको छ। फिफा वर्ल्डकप- २०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु ५६५ मा एनटिटिभीका ग्राहकहरूले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिनेछ।

National Life

यसका लागि वर्ल्डकप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ। त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटिपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ। सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ।


फिफा वर्ल्डकप- २०२२ हेर्नका लागि तोकिएको फिफा वर्ल्डकप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने छ।

Classic Tech Mobile
Classic Tech Desktop

फिफा वर्ल्डकप-२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क रु. ५६५।– एनटिटिभीका ग्राहकहरूले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ। विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ।

प्रतिकृया