सिद्धार्थ इन्स्योरेन्सको खुद बिमाशूल्क ३० प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०७९ मंसिर १ गते, बिहीबार ११:३७

१ मंसिर २०७९, काठमाडौं : सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ५ करोड १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५.६४ प्रतिशतले थोरै हो । गत वर्ष यस कम्पनीले ५ करोड ४३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले ३९ करोड ८२ लाख ४३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ३०.१४ प्रतिशतले बढि हो । गत वर्ष ३० करोड ५९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख ३२ रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ३६ पैसा रहेको छ ।
प्रतिकृया