• 2:20 pm

आज घट्यो सुन–चाँदीको मूल्य

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार १२:१२

१ मंसिर २०७९, काठमाडौं : लगातार बढिरहेको सुन–चाँदीको मूल्य बिहीबार भने घटेको छ। नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो। बुधबार सुन तोलामा दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।


बुधबार छापावाल सुन प्रतितोला ९८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया