• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्दै

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ०८:४२

१ मंसिर २०७९, काठमाडौँ : सत्तारुढ गठबन्धनले आज काठमाडौंमा वृहत् चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावी सभा हुन लागेको हो ।


अपरान्ह २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Kamana Sewa

४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

Classic Tech Desktop

प्रतिकृया