• १२ असोज २०८३, सोमबार
  • ५ः४५ बिहान

प्रशिक्षक हगले युनाइटेड व्यवस्थापनलाई भने : रोनाल्डोलाई अब कहिल्यै नखेलाऊँ

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०९:२२

३० कात्तिक २०७९, काठमाडौँ : म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हगले आइतबार मात्रै विवादित अन्तर्वार्ता दिएका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई अब कहिल्यै नखेलाउने बताएका छन्। रोनाल्डोले पछिल्लो समय आफूलाई क्लबले धोका दिएको भन्दै पिएर्स मोर्गानमा कडा अन्तर्वाता दिएपछिको तनावबीच प्रशिक्षकले यसो भनेका हुन्।

National Life

उनले आफू क्लबसँग खुसी नरहेको र क्लबका सदस्यहरुले आफूलाई निकाल्न खोजेको आरोप लगाएपछि विवादको शिखरमा छन्। रोनाल्डोले प्रशिक्षक एरिक टेन हगले आफूलाई कहिल्यै सम्मान नगरेको बताउँदै आफूले पनि उनलाई सम्मान गर्नु जरुरी नभएको अन्तर्वार्तामा भनेका थिए। यस्तोमा प्रशिक्षक हगले मंगलबार विवादित अन्तर्वार्ता दिएका ३७ वर्षीय रोनाल्डोलाई अब कहिल्यै नखेलाउने सन्देश क्लबलाई दिएका हुन्।


विश्व फुटबल नै तरंगित पार्ने गरी आफू र क्लबमाथिसमेत गम्भीर आरोप लगाएका रोनाल्डोबारे प्रशिक्षकको यो सन्देशपछि अब म्यानचेस्टर युनाइटेडमा पुनरागमन करिअर सकिएको अनुमान लगाइँदैछ। रोनाल्डोको आक्रमक अन्तर्वार्तापछि डच प्रशिक्षक हगले विश्वकपअघि नै बिदामा जाने योजनालाई पनि पर सारेका छन्। उनले रोनाल्डोलाई क्लबमा फेरि कहिल्यै खेलाउन नहुने भनाइसहित उनीसँगको सम्झौता भंग गर्न पनि माग गरेका छन्। क्लब र आफूबारे तितो टिप्पणी गरिसकेपछि रोनाल्डो अब धेरै पर पुगिसकेको उनको निष्कर्ष छ। हगले युनाइटेडका सह-अध्यक्ष जोयल ग्लाजर, प्रमुख कार्यकारी रिचार्ड आर्नोल्ड र फुटबल निर्देशक जोहन म्युर्टसँग रोनाल्डोबारे आफ्नो भनाइ राखेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रशिक्षक हगले रोनाल्डोको उक्त विवादित भनाइपछि केही खेलाडी पनि आक्रोशित भएको बताएका छन्। रोनाल्डोले आफूलाई क्लबकै केही खेलाडीले पनि असहयोग गरेर निकाल्न खोजेको गुनासो गरेका थिए। रोनाल्डो नयाँ सिजन सुरु हुनुअघि नै अर्को क्लबमा जान चाहन्थे। त्यसका लागि उनका एजेन्सी जर्ज मेन्डेसले विभिन्न क्लबसँग कुरा पनि गरेका थिए। तर, चेल्सी र बार्यन म्युनिखजस्ता टोलीले उनलाई लिन चाहेनन्। पछिल्लो समय उनी र प्रशिक्षक एरिक टेन हगबीच विवाद चलिरहेको थियो। हगले रोनाल्डोलाई कम प्राथमिकता दिने गरेका थिए। त्यहीकारण उनी युनाइटेडसँगको दोस्रो इनिङमा सुरुदेखि नै असन्तुष्ट थिए।

प्रतिकृया