• १२ असोज २०८३, सोमबार
  • १२ः३५ दिउँसो

आयोगले सोध्यो कागेश्वरी मनोहराका मेयर कार्कीलाई स्पष्टीकरण

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०९:४५

३० कात्तिक २०७९, काठमाडौँ : निर्वाचन आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीलाई स्पष्टीकरण सोधेको छ। आफ्नो पालिकाभित्र निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारलाई भोट मागेको भन्दै कार्कीलाई आयोगले स्पष्टीकरण सोधेको हो। काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको आरोप कार्कीमाथि छ।

National Life

उनलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन आयोगले भनेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था छ।


‘तपाईं कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखले उक्त नगरपालिकाभित्र नेपाली कांग्रेस वा अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ। उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको हो, होइन ?’ स्पष्टीकरणमा भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया