• १२ असोज २०८३, सोमबार
  • १ः४० राती

नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित पौडेल

प्रकाशित मिति

२०७९ कार्तिक २६ गते, शनिबार ०८:५८

२६ कात्तिक २०७९, काठमाडौँ : नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मा रोहित पौडेलले पाएका छन्। सन्दीप लामिछाने बलात्कारको मुद्दा लागेर पुर्पक्षका लागि थुनामा परेपछि क्यानले नयाँ कप्तान चयन गरेको हो। यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए।

National Life

शुक्रबार साँझ क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिइएको जानकारी दिएको हो। नेपालले आगामी साता तीन एकदिवशीय सिरिज खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सोमबार हुनेछ। यस्तै, दोश्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ।


बलात्कारको आरोप लागेको केही दिनमै क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीप निलम्बनमा परेको झण्डै दुई महिना भएपनि क्यानले अर्को कप्तान चुनेको थिएन। तर युएईसँग खेल्नु दुई दिनअघि नेपाली पुरुष क्रिकेट टिमको कप्तानको जिम्मा रोहितले पाएका हुन्। यसअघि क्यानडा भ्रमणका क्रममा पनि नेपालका खेल बाँकी हुँदै सन्दीप वेष्टइन्डिज प्रस्थान गरेपछि रोहितले नै कप्तानी गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया