• १३ असोज २०८३, मंगलबार
  • ७ः१९ बिहान

रौतहटबाट नक्कली नोट र हतियारसहित ६ जना पक्राउ

प्रकाशित मिति

२०७९ कार्तिक २६ गते, शनिबार ०९:२०

२६ कात्तिक २०७९, काठमाडौँ : रौतहट प्रहरीले नेपाली नक्कली नोट र अवैध हतियारका साथ २ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अम्रीता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले बताएका छन ।

National Life

उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं।को बजाज बक्सर मोटरसाइकल बरामद भएको एसपी मगरले जानकारी दिएका छन । जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुनील मलका अनुसार मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो ।


उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भितामाथि लुकाई राखेको कटुवा पेस्तोल थान १ बरामद भएको प्रवक्ता मल्लले जानकारी दिएका छन । सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो । ढुंगामुढाबाट २ जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया