• १२ असोज २०८३, सोमबार
  • १ः०९ राती

जनाब्रीको ह्याट्रिकमा बार्यनको जित, विश्वकपको मुखमा माने घाइते

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०८:२२

२३ कात्तिक २०७९, काठमाडौँ : जर्मन बुन्डेसलिगाअन्तर्गत मंगलबार राति भएको खेलमा बार्यन म्युनिखले वोर्डरमाथि ६–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। मंगलबारको खेलमा बार्यनलाई जित दिलाउने क्रममा बार्यनका सर्ज जनाब्रीले ह्याट्रिक गरेका थिए भने जमाल सुसिएला, लेओन गोरेट्ज्का र म्याथिस टेलले १/१ गोल गरे। विपक्षी टोलीका लागि एन्टोनी जङले एक गोल फर्काएका थिए।

National Life

मंगलबारको खेलमा सेनेगलका स्ट्राइकर साडियो माने भने घाइते भएका छन्। विश्वकपको मुखमा मानेको घुँडामा चोट देखिएको हो। मंगलबारको खेलको १५ मिनेटमा चोटको कारण उनी मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा लेरोय सानेले खेलेका थिए।


मानेको टोलीले कतार विश्वकपमा आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दै छ। त्यतिबेलासम्म उनी ठिक हुन्छन् वा हुँदैनन् भन्ने विषयमा भने जानकारी दिइएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया