• 11:33 am

२४ वर्षपछि फिल्ममा फर्किए स्वर्ण विजेता राजकुमार

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०८:४३

२३ कात्तिक २०७९, काठमाडौँ : दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता राजकुमार राई २४ वर्षपछि फिल्ममा फर्किएका छन्। उनी फिल्म ‘द सोल अफ कमान्डो’मार्फत अभिनयमा फर्किएका हुन्। उनले २४ वर्षपछि अभिनय गरेको यो फिल्म आगामी मंसिर २३ गतेबाट प्रदर्शन हुँदै छ।


उनले सन १९९८ मा रिलिज भएको फिल्म ‘कमान्डो’मा शीर्ष भूमिका निर्वाह गरेका थिए। सन १९८६ मा दक्षिण कोरियामा सम्पन्न दसौँ एसियाली खेलकुदमा तेक्वान्दोमा कास्य जितेका उनले सन १९९९ मा नेपालमा भएको साफमा स्वर्ण पदक जितेका थिए। उनै राजकुमार लामो समयपछि फिल्ममा देखिने भएका हुन्।


फिल्म ‘द सोल अफ कमान्डो’मा उनीसँगै शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन्। युवराज राईले निर्देशन गरेको फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बूले लगानी गरेका छन्।

प्रतिकृया