• २ असोज २०८३, शुक्रबार
  • ४ः४४ बिहान

विनायकका विद्यार्थीहरुले सकेमना पूर्णिमा मनाए

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०६:१२

२२ कार्तिक २०७९, काठमाडौं : हाम्रो संस्कृतिस् हाम्रो गौरव, पुर्खाको सृष्टि : हाम्रो पौरख भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आएको मध्यपुर थिमिमा अवस्थित विनायक शिक्षा निकेतन इ-स्कुल ले यही २०७९ कार्तिक २२ गते सकेमन पूर्णिमाको अवसर पारेर प्रदर्शनी कार्यक्रमको आयोजना गर्यो ।विद्यार्थीहरुलाई संस्कृतिका विविध पाटाहरु र तिनले समाजमा पार्ने सकारात्मक असरबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन शिक्षिका तुल्सीकेशरी कालुले गरेकी थिइन् ।

National Life

कक्षा ६ का विद्यार्थीहरु सहभागी रहेको उक्त प्रदर्शनीमा विद्यार्थीहरुलाई बौद्ध धर्म दर्शन अनुसार मनाइने सकेमन पूर्णिमा , त्यसअवसरमा खाइने खानेकुराहरु र तिनका प्रकारहरु कलात्मक रुपमा प्रदर्शनसमेत गरेका थिए । नेपाल सरकारको स्थानीय पाठ्यक्रममा समावेश गरिएको उक्त प्रदर्शनी चार समूहमा विभाजन गरी गराइएको थियो ।


विशेष गरेर नेवारी समाजमा वर्षभरिमा आउने १२ वटा पूर्णिमा मध्य सकेमन पूर्णिमा र त्यसको सांस्कृतिक महत्वका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा त्यस दिन आफ्नो टोल, वहाल ,चोकहरुलाई कलात्मक रुपमा सजाउने ,भजनकीर्तन गर्दै सकेमन पुर्णिमा मनाउने परम्पराको सिकाइ रहेको कुरा बताइयो । त्यस्तै त्यस समयमा पाइने खाद्द्यवस्तुहरु मकै भटमास गहुँ आदिबाट चित्र बनाएर सजाउन सक्ने जाति नेवार रहेको भनेर चिनारी दिनु विद्यालयको मुख्य उद्देश्य रहेको सहभागी शिक्षिकाहरुले जानकारी गराए।

Classic Tech Mobile
Classic Tech Desktop

विशेष गरेर यो दिन स्वयम्भूमा गएर पूजा गर्ने चलन रहेको मौसम अनुसार बालीनाली उत्पादनमा जोड दिएको छ भने सबैलाई कर्मयोगमा लाग्न प्रेरित गरेको कुरा किंवदन्तीमा भएको जानकारीसमेत गराइयो। अभिभावकहरूले समेत उत्सुकताका साथ अवलोकन गरेको उक्त प्रदर्शनीमा विद्यालयले प्रयोगात्मक, व्यवहारिक र संस्कृतिक ज्ञान दिएकोमा अधिकांश अभिभावकहरुले आभार व्यक्त गरेका थिए।

प्रतिकृया