• १२ असोज २०८३, सोमबार
  • ३ः३० राती

च्याम्पियन्स लिगः रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्ने

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०७:१५

२१ कात्तिक २०७९, एजेन्सी : अघिल्लो सिजनमा च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक प्रि क्वार्टरफाइनलमै भिड्ने भएका छन्। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सोमबार सार्वजनिक भएको नकआउट चरणको ड्र मा रियल म्याड्रिड र लिभरपुल अन्तिम १६ मै भिड्नै भएका हुन्।

National Life

चौध पटकको बिजेता रियल म्याड्रिडले गत वर्ष पेरिसमा भएको फाइनलमा लिभरपुललाई १–० ले हराएको थियो। यस्तै अर्को उपाधिका दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि अन्तिम १६ मै आमने सामने हुने भएका छन्। ८ समूहको शीर्ष २ टोलीलाई स्विटजरल्यान्डको न्योनस्थित युरोपेली फुटबलको मुख्यालयमा ड्र गरिएको थियो।


चार-चार इंग्लिस र जर्मन क्लब, तीन सिरी ‘ए’ क्लब, दुई पोर्चुगिज क्लब र स्पेनिस, फ्रेन्च र बेल्जियन क्लबका एक एक टोली नकआउट चरणमा पुगेका थिए। ड्रमा समूह विजेता र समूह उपविजेताको दुई पोल राखिएको थियो। हरेक समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्ने गरि ड्र सार्वजनिक गरिएको हो। प्रि क्वाटरफाइनलमा एकै देशका दुई क्लब नभिड्ने र एकै समूह क्लब पनि आमने सामने भएका छैनन्।

Classic Tech Mobile
Classic Tech Desktop

राउन्ड अफ १६ का खेलहरु आगामी फेब्रुअरी तेस्रो साताबाट सुरू हुनेछ। पहिलो लेग फेब्रुअरी १४, १५, २१ र २२ तारिखमा हुनेछन्। दोस्रो लेग मार्च ७, ८, १४ र १५ तारिखमा खेलिनेछ। च्याम्पियन्स लिगमा अवे गोलको नियम हटाइएकाले दोस्रो लेग समाप्तिमा स्कोर बराबरी हुँदा अतिरिक्त समय र पेनाल्टीमा खेल हुनेछ। यसपटक च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा हुनेछ । इस्तानबुलमा हुने फाइनल खेल १० जुन २०२३ मा खेलिनेछ ।


हेर्नुहोस् यस्तो छ ड्र

म्यानचेस्टर सिटी विरुद्ध आरबी लाइप्जिग
बेन्फिका विरुद्ध क्लब ब्रुजा
रियल म्याड्रिड विरुद्ध लिभरपुल
टोटेनहम हट्सपर विरुद्ध एसी मिलान
नेपोली विरुद्ध आइनट्राक्ट फ्रान्कफर्ट
चेल्सी विरुद्ध बोरुसिया डर्टमुन्ड
एफसी पोर्टो विरुद्ध इन्टर मिलान
बायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मेन

प्रतिकृया