• 11:24 am

रियलमी सी३० सार्वजनिक, कति छ मूल्य ?

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०७:३०

२१ कात्तिक २०७९, काठमाडौँ : स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरेको छ । फोन इन्डस्ट्री लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको जिनाइएको छ । ५ हजार एमएएच ब्याट्री क्षमता र एन्टी–स्लिप डिजाइन भएको सो फोनले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।


लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने,‘सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ । रियलमीको यो सी सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्द गराउन पाउँदा मलाई गर्व लागेको छ ।’


फोन स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ भने जसको मूल्य रु. १३,४९९ (२ जीबी प्लस ३२ जीबी) र रु. १५,९९९ (४ जीबी प्लस ६४ जीबी) रहेको छ ।

प्रतिकृया