• २२ भदौ २०८३, सोमबार
  • ४ः४८ बिहान

यो पटक छठ पर्वमा रानीपोखरी खुला नहुने, प्राविधिक समस्या देखिएकाले रानीपोखरी खुला नगर्ने

प्रकाशित मिति

२०७९ कार्तिक ११ गते, शुक्रबार ०८:३२

११ कात्तिक, २०७९, काठमाडौँ: काठमाडौंस्थित रानीपोखरी छठ पर्वमा खुला नगरिने भएको छ। यो पटक काठमाडौं महानगरपालिकाले छठका लागि रानीपोखरी नखोल्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसार रानीपोखरी तीन चरणमा बनिसके पनि दुई चरणमा बनेको संरचना पुनर्निर्माण प्राधिकरणले हस्तान्तरण गरिसकेको छैन।

National Life

‘पहिलो चरणमा पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बनेको थियो जुन हाम्रो स्वामित्वमा आइसकेको छ,’ उनले भने, ‘मन्दिर हाम्रो स्वामित्वमा आइसकेका कारण भाइटीकाका दिन खोलेका थियौं। तर दोस्रो र तेस्रो चरणमा बनेका पोखरीका दायाँ र बायाँका संरचना हाम्रो स्वामित्वमा आइसकेको छैन। खोल्दा दुर्घटना हुँदा कसले जिम्मेवारी लिने भनेर नखोलेका हौं।’


छठ मनाउने क्रममा पोखरीभित्र छिर्नुपर्छ। पानी पाँच फिट भएको र पोखरीमा जाने क्रममा चिप्लिएर लडे कसले जिम्मेवारी लिने भन्ने प्रश्न उठेको थियो।यस्तै, पूजाका क्रममा कुनै संरचना बिग्रिए कसले जिम्मेवारी लिने भन्ने प्रश्न समेत उठेका कारण रानी पोखरी छठका लागि खुला नगर्ने निर्णय गरिएको उनले बताए। महानगरपालिकाका मेयर बालेन शाहले बैठक बसेर तयारी गरेता पनि प्राविधिक समस्या देखिएकाले रानीपोखरी खुला नगर्ने निर्णय गरेको उनले बताए।

Classic Tech Desktop

प्रतिकृया