• १३ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०८:०३

३० असोज २०७९, काठमाडौँ: संस्कृतिविद् एवं वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। उनका अनुसार जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

National Life

जोशीका भतिजा अजरमान जोशीले पनि सत्यमोहन जोशीको निधन भएको पुष्टि गरे। जोशीले आफ्नो मृत्युपछि अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए। मृत्यु भएपछि खरानी हुनुभन्दा विद्यार्थीलाई अनुसन्धानका लागि सघाउन आफ्नो शरिर दान गर्ने घोषणा गरेको जोशीले बताएका थिए। भतिजा अजरमानले भने अब कसरी अगाडि बढ्ने भन्ने पारिवारिक सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए।


लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो। केही दिन अगाडिबाट नै जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। किस्ट अस्पतालले जोशी दम्पत्तिको नि:शुल्क उपचार गर्दै आएको छ।

प्रतिकृया