• २१ भदौ २०८३, आइतबार
  • ८ः१४ बिहान

बेगनास तालमा ढुंगा दुर्घटना : एक जना बेपत्ता, एकको उद्धार

प्रकाशित मिति

२०७९ आश्विन २८ गते, शुक्रबार ०७:२५

२८ असोज २०७९, काठमाडौँ : पोखराको बेगनास तालमा शुक्रवार ढुंगा दुर्घटना भएको छ । दिउँसो सवा ३ बजे बेगनास तालमा घुम्न पुगेका श्रीमान्÷श्रीमती दुर्घटनामा परेका हुन् । ढुंगा दुर्घटनामा श्रीमतीको उद्धार गरिएको छ भने श्रीमान् बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । बेपत्ता हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी लालबहादुर गुरुङ छन् ।

National Life

दुर्घटना लगत्तै स्थानीयले श्रीमतीलाई उद्धार गरेको र गुरुङ बेपत्ता रहेको डिएसपी तिवारीले बताए । ‘उहाँको खोजी कार्य भइरहेको छ । बेगनास ताल घुम्न जानुभएको उहाँहरूको ढुंगा एक्कासि पल्टिएको स्थानीयहरूले बताउनुभएको छ । अहिले स्थानीयको सहयोगमा श्रीमतीलाई उद्धार गरिएको छ,’ तिवारीले भने ।

प्रतिकृया