• १२ असोज २०८३, सोमबार
  • १२ः०३ दिउँसो

जनकपुरकाे राजदेवी मन्दिरमा १५ हजार बाेकाकाे बली दिइयाे

प्रकाशित मिति

२०७९ आश्विन १८ गते, मंगलवार ०८:५५

१८ असोज २०७९, काठमाडौँ: जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बली दिइएकाे छ ।

National Life

आज बिहानसम्म राजदेवी मन्दिरमा १५ हजार बाेकाकाे बली दिइएकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

मनाेकामना पूरा हुने विश्वासका साथ भाकल गरेका भक्तजनहरूले राजदेवी मन्दिरमा बोकाको बली दिने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बली चढाउन धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी र रौतहटका साथै छिमेकी देश भारतकाे बिहार राज्यका सितामाढी, मधुवनीसहितका विभिन्न स्थानहरूबाट समेत भक्तजन आउने गर्दछन् ।

प्रतिकृया