• १२ असोज २०८३, सोमबार
  • २ः५५ राती

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०६:४०

१५ असोज २०७९, काठमाडौँ : छैठौं खेलमा पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले सात खेलको ट-२० सिरिज ३-३ को बराबरीमा ल्याएको छ। लाहोरमा शुक्रबार राति पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानमाथि ८ विकेटको सहज जित निकालेको हो। पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

National Life

इंग्ल्यान्डको जितमा फिल साल्टले अविजित रहँदै ८८ रनको अर्धशतकीय इनिङ खेले। ४१ बल खेलेका उनले १३ चौका र ३ छक्का प्रहार गरेका थिए। यस्तै एलेक्स हेल्स २७ रनमा आउट हुँदा डाविड मालनले २६ रन बनाए। बेन डुकेटले अविजित २६ रन जोडे। पाकिस्तानका शादब खानले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो।


उसका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय इनिङ खेले। २७ औं टी २० अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरेका बाबरले टी २० अन्तर्राष्ट्रिय करिअरमा ३ हजार रन पूरा गरे। त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहमद नवाजले १२ रन बनाए। पाकिस्तानले ओपनर मोहम्मद रिजजानको स्थानमा मोहममद हरिसलाई डेब्यू दिएको थियो। हरिस रिचर्ड ७ रनमा क्याच भए । इंग्ल्यान्डका डेविड विलि र साम करणले २-२ विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया