• ११ असोज २०८३, आइतबार
  • ९ः१७ राती

प्रेमगीत ३ को एक साताको कमाइ कति ?

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:००

१५ असोज २०७९, काठमाडौँ : गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् । गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख संकलन गरेको सेनले जानकारी दिए ।

National Life

नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार । १५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड संकलन गरेको निर्माता तथा निर्देशक सेनले बताए । उनका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्म नेपालमा । ९६ करोड रुपैया संकलन गरेको छ ।


यसैगरी भारतमा दुवै भाषाको संस्करणमा गत शुक्रबार १.१२ करोड, शनिबार ०.८३ करोड, आइतबार ६.४९ लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख बिहीबार १२.१० लाख संकलन गरेको सेनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार भारतमा एक सातामा ३.४४ करोड भारतीय रुपैयाँ संकलन गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल र भारतबाहेक ओभरसिज प्रेमगीत ३ को कमाइ ६.२१ करोड भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए । सेनका अनुसार ओभरसिज नेपाली हिन्दी संस्करणबाट गत शुक्रबार १.६७ करोड, शनिबार । २३ करोड, आइतबार ७.३० लाख, सोमबार ८.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र बिहीबार ४.१५ लाख संकलन गरेको हो ।

प्रतिकृया