• २२ भदौ २०८३, सोमबार
  • २ः२८ राती

भारतमाथि अष्ट्रेलियाको सानदार जित

प्रकाशित मिति

२०७९ आश्विन ५ गते, बुधबार ०६:५४

५ असोज २०७९, काठमाडौँ : अष्ट्रेलियाले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई चार विकेटले हराउँदै सानदार जित निकालेको छ। जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलियाले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। अष्ट्रेलियालाई जिताउन युवा अलराउन्डर क्यामरन ग्रिन र विकेटकिपर म्याथ्यु वेडको उत्कृष्ट ब्याटिङ गरे। ग्रिनले ३० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाउँदा म्याथ्यु वेडले २१ बलमा ६ चौका र २ छक्कासहित ४५ रनमा रनमा अविजित रहे ।

National Life

अष्ट्रेलियालाई जितको लागि अन्तिम १८ बलमा ४० रन चाहिएको थियो। १८ औं ओभरमा हर्षल पटेलले २२ रन खर्चिएपछि भारतको सम्भावना टाढिएको थियो। १२ बलमा जितको लागि मात्र १८ रन चाहिएको अष्ट्रेलियाका लागि म्याथ्यु वेडले १९ औं ओभरको अन्तिम तीन बलमा भुवनेश्वर कुमारलाई लगातार तीन चौका प्रहार गरेपछि अन्तिम ६ बलमा दुई रन आवश्यक भयो।


पहिलो बलमा युजभेन्द्र चहलले टिम डेविडलाई लङअफमा हार्दिक पान्ड्याबाट १८ रनमा क्याच गराए पनि लगत्तै बलमा प्याट कमिन्सले चौका प्रहार गर्दै अष्ट्रेलियालाई ४ बल अगाडिनै जित दिलाए। अष्ट्रेलियाका लागि आरोन फिन्चले २२ रन बनाउँदा स्टेभेन स्मिथलेले ३५ रन जोडे। यस्तै डेब्यू गरिरहेका टिम डेभिडले १४ बलमा १८ रन बनाए। जोश इंग्लिसले १७ रन बनाउँदा ग्लेम म्याक्सवेल १ रनमा आउट भए।

Classic Tech Desktop

भारतका अक्षर पटेलले सर्वाधिक ३ विकेट लिए। उमेश यादवले २ तथा युजभेन्द्र चहलले एक विकेट हात पारे। त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ७१ रन बनाए। मात्र ३० बल खेलेका उनले ७ चौका र ५ छक्कासहित सर्वाधिक ७१ रनमा अविजित रहे।


ओपनर लोकेश राहुलले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५५ रन बनाउँदा कप्तान रोहित शर्मा ११ रनमा आउट भए। सुर्यकुमार यादवले २५ बलमा २ चौका र ४ छक्कासहित ४६ रन जोड्दा विराट कोहली २ रनमा आउट भए। दीनेश कार्तिक र अक्षर पटेलले समान ६-६ रन जोड्दा हर्सल पटेल ७ रनमा अविजित रहे । अष्ट्रेलियाका नाथन एलिसले सर्वाधिक ३ विकेट लिए। जोश हेजलवुडले २ तथा क्यामरन ग्रिनले एक विकेट लिए। यो जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब दोस्रो शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ।

प्रतिकृया