• १२ असोज २०८३, सोमबार
  • ८ः०६ बिहान

१५ वर्षको उमेरमा प्रिमियर लिगमा डेब्यू गरेर कीर्तिमान बनाएका इथान

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०७:१५

३ असोज २०७९, काठमाडौँ : आर्सनलले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको खेलमा आर्सनलका १५ वर्षीय इथान न्वानेरी इंग्लिस प्रिमियर लिग इतिहासकै कान्छो खेलाडी बने। मार्च २००७ मा जन्मिएका इंग्लिस आक्रामक मिडफिल्डर इथानले फाबियो भियराको स्थानमा दोस्रो हाफको इन्जुरी टाइममा मैदान छिरेर इतिहास बनाएका हुन्।

National Life

१५ वर्ष १८१ दिन उमेरका इनाथले हार्वे इलियटको कीर्तिमान तोडे। मिडफिल्डर इलियटले १६ वर्ष ३० दिनमा प्रिमियर लिगमा डेब्यू गरेका थिए। उनले फुलहमका लागि वुल्भ्सविरुद्ध खेल्दै २०१९ मा खेल्दै उक्त कीर्तिमान बनाएका थिए। उनले कीर्तिमान बनाएको खेलमा इथानले इन्जुरी टाइमको तीन मिनेट मात्र खेल्ने अवसर पाएका थिए। उनले कीर्तिमान बनाएको खेलमा आर्नसल म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो।


उनले प्रिमियर लिग खेल्ने १६ वर्ष मुनिका पहिलो खेलाडी बन्दै अर्को कीर्तिमान बनाए। इथानले आर्सनल यू-१८ टिमका लागि धेरै खेल खेलिसकेका छन्। १४ वर्षको हुँदा उनले इङ्ल्यान्डको यू-१६ टिमबाट खेलेका थिए। इथानको जन्म २१ मार्च २००७ मा भएको थियो। १४ वर्षको उमेरमा उनले यू-१८ को डेब्यू खेलमै प्रभाव छाडेका थिए। सो उनले खेलमा रिडिङबिरूद्ध गोल गरेका थिए। उसले यो सिजन यू-१८ टिममै खेल्ने अपेक्षा गरिएको थियो तर उनी छिटै यू-२१ मा आबद्ध भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

८ अगस्टमा उनले इङ्ल्यान्ड यू-१७ टिममा सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेर फारोइ आइल्यान्डविरुद्ध गोल गरेका थिए। आर्सनलका कप्तान मार्टिन ओडेगार्ड र ओलेक्जेन्डर जिन्चेन्कोको चोटग्रस्त बनेपछि प्रशिक्षक अर्टेटाले ब्रेन्टफोर्डबिरूद्ध मिडफिल्डमा विकल्पहरू खोजेका थिए। जसमा इथान प्रशिक्षकको रोजाइमा परे।

प्रतिकृया