• १२ असोज २०८३, सोमबार
  • २ः५७ राती

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको लगातार दोस्रो जित

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार ०९:३०

३० भाद्र २०७९, एजेन्सी : च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई अन्तिम समयमा गोल गर्दै २–० गोलले हराउँदै लगातार दोस्रो जित निकालेको हो। यो सँगै सन् १०१७-१८ यता रियल म्याड्रिडले सुरूआती लगातार दुई खेलमा जित निकालेको हो।

National Life

खेलको ८० औं मिनेटमा भिनिसियस जुनियरको पासमा फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। खेलको अन्तिम मिनेटमा मार्को एसेन्सियोले टोनी क्रुसको फ्रि-किकमा आएको बललाई उत्कृष्ट गोल गर्दै युरोपियन च्याम्पियन्समा लागातार दोस्रो जित पक्का गरे। यो जितसँगै रियल समूह एफमा ६ अंकसहित शीर्ष स्थानमा कायमै छ।

प्रतिकृया