युक्रेनका राष्ट्रपतिको कार दुर्घटना
प्रकाशित मिति
२०७९ भाद्र ३० गते, बिहीबार १०:२५
३० भाद्र २०७९, काठमाडौंः युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार दुर्घटनाग्रस्त भएको छ । सरकारका एक प्रवक्ताले संक्षिप्त बयानमा जनाएअनुसार राष्ट्रपति जेलेन्स्कीको कारसँग एउटा निजी कार ठोक्किएको हो । सर्गी निकिफोरोभ नाम गरेका ती प्रवक्ताले भने, ‘राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिएको छ, कुनै गम्भीर चोट पाइएको छैन ।’ राष्ट्रपति जेलेन्स्कीको कारसँग ठोक्किएको निजी कारका मालिक भने घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । अधिकारीहरुले दुर्घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जनाएका छन् ।
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया