• ११ असोज २०८३, आइतबार
  • १ः५२ दिउँसो

ट्रकको ठक्करबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते

प्रकाशित मिति

२०७९ भाद्र २९ गते, बुधबार ०७:१२

२९ भाद्र २०७९, काठमाडौँ : ट्रकको ठक्करबाट नुवाकोटमा एकको मृत्यु, अर्का गम्भीर घाइते नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ। गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ।

National Life

ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए। मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयले शव उठाउन अस्वीकार गरेका छन्। उनीहरूले घटनास्थलमा बसेर रातिदेखि सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ। ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्।


चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख पण्डितले बताए। दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्था गरेको जनाउँदै स्थानीयले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्‍याउने प्रयास गरेका थिए। घटनापछि गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया