• २२ भदौ २०८३, सोमबार
  • १०ः२३ राती

कोहलीको शतक र भुवनेश्वरको पाँच विकेटमा भारतको सानदार जित

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०६:४६

२४ भाद्र २०७९, एजेन्सी : विराट कोहलीको शतक र भुवनेश्वर कुमारले पाँच विकेट लिएपछि एसिया कपको सुपर फोरमा भारतले अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले हराएको छ। जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो। उसका लागि ईब्राहिम जद्रानले सर्वाधिक ६४ रन बनाए।

National Life

यस्तै राशिद खानले १५ तथा मुजिब उर रहमानले १८ रन बनाउनुबाहेक अफगानिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानलाई सस्तैमा रोक्न भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले कीर्तिमानी ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित मात्र ४ रन खर्चेर ५ विकेट लिए। यो उनको टी(२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन हो। यस्तै अर्शदीपसिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले समान एक-एक विकेट लिए।


त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । भारतका विराट कोहली नटआउट सतकीय इनिङ्स खेले। ६१ बल खेलेका उनले १२ चौका र ६ छक्कासहित १ सय २२ रनको अविजित शतकीय इनिङ खेले।

Classic Tech Desktop

कोहलीको यो टी-२० आई करिअरको पहिलो शतक हो। यस्तै अन्तर्राष्ट्रिय करिअरको ७१ औं शतक हो। भारतबाट टी२० आई खेलमा एकै ब्याटरले बनाएको यो सर्वाधिक ठूलो स्कोर समेत हो। यसअघि सन् २०१७ मा रोहित शर्माले श्रीलंकाविरूद्ध १ सय १८ रन बनाएका थिए। कोहलीले १९ औं ओभरको दोस्रो बलमा फरिद अहमदलाई छक्का प्रहार गर्दै आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक हानेका छन्। कोहलीले ५३ बलमा शतक पूरा गरेका थिए ।


यसअघि कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए। रोहित शर्मालाई विश्राम दिँदा राहुलले भारतको कप्तानी गरेका थिए। पहिलो विकेटका लागि राहुल र कोहलीले १२।४ ओभरमा १ सय १९ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। सूर्य कुमार यादव ६ रनमा आउट हुँदा। ऋषभ पन्त १६ बलमा ३ चौकासहित २० रनमा अविजित रहे।


अफगानिस्तानका लागि फरिद अहमदले ४ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए। भारत र अफगानिस्तान दुबै यसअघिनै सुपर फोरबाट बाहिरिसकेका छन्। भारत सुपर फोरको पहिलो खेलमा श्रीलंकासँग ६ विकेट र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।


यस्तै अफगानिस्तान पहिलो खेलमा श्रीलंकासँग ४ विकेट र दोस्रो खेलमा पाकिस्तानसँग १ विकेटले पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत आज सुपर चारको अन्तिम खेलमा श्रीलंका र पाकिस्तान भिड्नेछन्। आइतबार पनि उनीहरू दुबै टोली उपाधिका लागि भिड्नेछन्।

प्रतिकृया