• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

सात वर्षको कोसिस, आइभीएफ र प्राकृतिक गर्भधारणमार्फत् आमा बनेकी टिभी अभिनेत्री देबिनाको कहानी

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार १०:०१

एजेन्सी

२१ भाद्र २०७९, काठमाडौँ : १५ वर्षभन्दा बढी समयदेखि टिभीमा सक्रिय रहेकी अभिनेत्री देबिना बनर्जी भारतमा मात्रै नभई नेपालका घरघरमा परिचित नाम हुन् । करियरको शुरुवाती दिनमा उनी सानो पर्दाकी ‘सीता’ बनेर चर्चामा आएकी थिइन्, त्यही सिरियल ‘राम’ बनेका गुरमित चौधरीसँग उनले सन् २०११ मा विवाह गरेकी थिइन् ।

Kamana Sewa

यसै वर्ष अप्रिलमा उनी पहिलो पटक आमा बनिन्, उनकी छोरीको नाम लियाना हो । देविना अब दोस्रो पटक आमा बन्न लागेकी छिन्, यसअघि लामो प्रतिक्षापछि उनी आमा बन्न सफल भएकी हुन् । अब जब उनी केही महिनापछि नै दोस्रो पटक आमा बन्न लागेकी छिन्, त्यसमा धेरैले आश्चर्य पनि व्यक्त गरिरहेका छन् र कतिपटक त देबिना बनर्जीले नमागेको सल्लाह पनि पाउँछिन् ।

Classic Tech Desktop

देबिनाको ‘मातृत्व’ को कथा धेरै महिलाका लागि प्रेरणा हो । विवाहको झण्डै एक दशकपछि आमा बन्नुअघि देविनाले समाज, परिवार, साथीभाइलगायत धेरैको दबाबको सामना गर्नुपरेको थियो । स्वास्थ्यका कारण पनि उनले धेरै समस्या झेल्नुपरेको थियो । अब छोरीकी आमा भई दोस्रो पटक आमा बन्न लागेपछि उनले आफ्नो अनुभव बीबीसी हिन्दीसँग खुलेर सुनाएकी छिन् ।


‘आमा बन्ने निर्णय निकै विशेष’

देबिनाले बाल्यकालदेखि नै यस्ता काम नगर भनेर सिकाइन्छ तर केही कुरा समय हुँदा नै नगरेको खण्डमा के–के हुनसक्छ भनेर केही पनि नसिकाइने बताएकी छिन् । करियर बनाउन कोलकाताबाट मुम्बई आएकी देबिनाले आफ्नो पहिलो प्राथमिकता करियर भएको बताइन् ।


उनी भन्छिन्, ‘जब तपाईंले करियरको बाटोमा ग्याप लिनुहुन्छ, तब फेरि कहाँबाट सुरु गर्ने भनेर सोच्नुपर्छ । आज (आमा बन्नुअघि) जुन गतिमा काम गरिरहेका छौँ, त्यही गतिमा फेरि काम गर्न सक्छौँ कि सक्दैनौँ भन्ने सोच्दछौँ । मेरो पुस्ताले यो सोचबाट केही हदसम्म मुक्ति पाएको छ । पहिला त बिहे भयो भने करियर सकियो भन्ने सोच थियो ।’


आमा बन्ने निर्णयबारे उनी भन्छिन्, ‘जब मैले परिवार सुरु गर्नुपर्छ भन्ने सोचेँ, सुरुमा कोसिस गर्यौँ, सफल भएनौँ, त्यसपछि डाक्टरकहाँ जानुपर्छ भन्ने सोच्यौँ । डाक्टरकहाँ गएपछि, मलाई लाग्यो कि मलाई त आफ्नो शरीरबारे धेरै नै थोरै ज्ञान रहेछ ।’


‘हामीलाई हाम्रो शरीर बारे कति थोरै थाहा छ ?

देविना भन्छिन्, ‘आमा बन्नका लागि देखिएके सुरुवाती समस्यापछि जब हामीले डाक्टरको सल्लाह दियौँ तब हामीलाई यस्ता थुप्रै समस्याबारे थाहा पायौँ जसबारे हामीलाई रत्तिभर पनि थाहा थिएन । म त आफूलाई शारीरिक र मानसिक रुपमा बलियो सोच्थो तर यति हुँदाहुँदै पनि समस्या आइलागे तब त म सोच्न बाध्य भएँ ।’


देविना भन्छिन्, ‘पहिला त मलाई लाग्थ्यो कि धेरै शक्तिशाली छु, म मानसिक रुपमा धेरै बलियो छु, म स्वस्थ खाना खान्छु, तर पनि मलाई यत्तिकाम समस्या किन छ रु मैले त कति कुराको नाम पनि सुनेको थिइनँ जस्तै एन्डोमेट्रियोसिस, एडिनोमायोसिस । यो एउटा यस्तो स्थिति हो जसको कुनै उपचार छैन र योसँग बाँच्नुपर्छ ।’


देबिनाका अनुसार थुप्रै महिलाले अहिले पनि आफ्नो शरीरलाई राम्रो तरिकाले बुझ्न सकेका छैनन् । एक उदाहरण दिँदै उनी भन्छिन्, ‘महिनावारी हुँदा जुन पीडा हुन्छ, त्यो आधाभन्दा बढी मानिसलाई सामान्य लाग्छ । मलाई पहिला दुख्दैनथ्यो तर पछि दुख्न थाल्यो । पछि मलाई थाहा भयो कि सायद यो पीडा त्यही कारणले भयो जब मलाई एन्डोमेट्रियोसिस, एडिनोमायोसिस जस्ता समस्या भयो ।’ स्मरण रहोस्, महिनावारीमा साधारण दुखाई सामान्य कुरा हो तर अत्यधिक पीडा साधारण होइन । यो एक प्रकारको रोग हो जसलाई एन्डोमेट्रियोसिस भनिन्छ ।


वास्तवमा, महिनावारी अघि, पाठेघर नजिक रगत जम्मा हुन्छ, जुन प्रजनन अवधिमा शुक्राणु नभएको अवस्थामा शरीरबाट बाहिर निस्कन्छ । कहिलेकाहीँ यी रगतका तन्तु पाठेघरसँगै फ्यालोपियन ट्युब, आन्द्रा आदिमा जम्मा हुन्छन् । केही विशेष अवस्थामा, तिनीहरू फोक्सो, आँखा, मस्तिष्क र मेरुदण्डमा पनि फेला परेका छन् । फियो मात्रै शरीरको यस्तो भाग हो जहाँ अहिलेसम्म यस्तो रगतका तन्तु पाइएको छैन । एन्डोमेट्रियोसिस भएको खण्डमा महिनावारीका बेला अत्यधिक रक्तस्राव, महिनावारी सुरु हुनु अघि कमजोरी र थकान, मेरुदण्डको तल्लो भाग र हिपको हड्डीमा दुख्ने लगायतका समस्या देखिन्छन् ।


बारम्बार प्रयास र यसको प्रभाव

देबिना र गुरमीतले करिब ७ वर्षअघि परिवारको बारेमा सोचेका थिए । उनी ६ वर्षअघि डाक्टरकहाँ गएकी थिइन् । देबिना भन्छिन्, ‘६ वर्षको यो लामो अवधिमा मैले कम्तिमा ४–५ पटक आइयूआई साइकलको कोसिस गरेँ, ३ पटक आईभीएफ गराएँ, चौथो पटक सफल भएँ ।’ देबिना भन्छिन्, ‘अर्को महत्त्वपूर्ण कुरा परिवार, साथीभाइ, फ्यान र ट्रोलको दबाब हो । जब सबै कुराको सम्मिश्रण हुन्छ तनाव हुन्छ । त्यसैले त देश विदेशमा गर्भधारणका धेरै विधिहरू सुरु भएका छन्, मैले थुप्रै तरिकाले प्रयास गरेकी छु ।’


यति धेरै प्रयासपछि पनि आमा बन्न नसक्दा मानसिक स्वास्थ्यमा पनि असर पर्ने देबिना बताउँछिन् । उनी भन्छिन्, ‘एक–एक दिन कुर्नुपर्छ ।’ यस्तो अवस्थामा परिवार र पार्टनरको सहयोग सबैभन्दा महत्वपूर्ण हुने देबिनाको विश्वास छ । आमा बन्नका लागि जतिसुकै कठिनाइको सामना गर्नुपर्‍यो त्यसबारे श्रीमान् र आमालाई मात्रै यसबारे बताएको देबिनाले भनिन् ।


देबिना भन्छिन्, ‘गुरमीत आफैं व्यस्त रहन्थे र भन्थे, ‘तिमी पनि यति धेरै नसोच न ।’ पार्टनरले बोल्ने प्रत्येक शब्दको महत्व हुन्छ । तर यति धेरै सहयोगी पार्टनर पाउँदा पनि म गुरमित र आमाको अगाडि रुन्थेँ । तर सार्वजनिक रुपमा मैले कहिल्यै यसबारे केही भनिनँ ।’


मातृत्वको अनुभूति

देबिनाले आमा बन्नु एउटा अनौठो अनुभूति भएको बताउँछिन् । आफू गर्भवती भएको थाहा पाएपछि सुरुमा त विश्वास नै नगरेको उनी बताउँछिन् । देविना भन्छिन्, ‘मलाई भगवानले संकेत दिनुभएको जस्तो लाग्थ्यो । तर हामी दुबैले उत्सव मनाउन संयमता राख्यौँ, किनकि हामी पहिला धेरै पटक असफल भएका थियौँ त्यसैले हामी सबै चरण हेर्न चाहन्थ्यौं । त्यसैले सामान्य गर्भावस्थामा थाहा हुने बित्तिकै उत्सव सुरु हुन्छ तर हाम्रोमा त्यो लागू भएन । हामी खुसी थियौँ तर केही समय कुर्नुपर्दथ्यो । करिब ३–४ महिनापछि जब हामी पूरै ढुक्क भयौँ, तब सन्तुष्ट भयौँ ।’


ट्रोलिङलाई कसरी हेर्छिन् देबिना ?

देबिना बनर्जीले सामाजिक सञ्जालमा पनि प्रायः ट्रोलिङको सामना गर्नुपरेको छ । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।देविना भन्छिन्, ‘लियाना जन्मिएसँगै मानिसको जजमेन्ट सुरु भइसकेको थियो । मैले लियानालाई काखमा लिएर भिडियो बनाएकी थिएँ, त्यसपछि मानिसहरूले मलाई बच्चालाई कसरी समात्ने भन्ने थाहा नभएको बताए । म आमा हुँ, के मलाई मेरो बच्चालाई समात्न आउँदैन होला ?’


बच्चा जन्माएपछि यति छोटो समयमै अर्को सन्तान जन्मिए कसरी दुवैको हेरचाह गर्ने भन्ने कुरा पनि देविनाले सुन्नु परेको छ । जवाफमा उनी भन्छिन्, ‘लियानाले कम माया पाउनेछिन्, यस्तो कसरी हुन्छ रु जसको जुम्ल्याहा बच्चा हुन्छन्, उनीहरुले दुईमध्ये एकजनालाई कम माया गर्छन् र रु आमाका लागि दुई सन्तान कहिल्यै फरक हुँदैनन् ।’

प्रतिकृया