• १३ असोज २०८३, मंगलबार
  • २ः४४ दिउँसो

असोजबाट चाडपर्व लक्षित बजार अनुगमन हुने

प्रकाशित मिति

२०७९ भाद्र १० गते, शुक्रबार ०८:१३

१० भाद्र २०७९, काठमाडौँ : बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो साताबाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो ।

National Life

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ ।


अघिल्लो वर्ष पनि असोज पहिलो साताबाट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय भन्दा बडी व्यवसायिक फर्मबाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया