युनिग्लोब कलेजले व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत
प्रकाशित मिति
२०७९ भाद्र ८ गते, बुधबार ०६:५९
८ भाद्र २०७९, काठमाडौं : शिक्षाको हबको रुपमा चिरपरिचित युनिग्लोब कलेजले व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत गरेका छन् । कलेजले लाजिम्पाट स्थित होटेल रेडिसनमा एक कार्यक्रम गर्दै स्नातक समारोह सम्पन्न गरेको हो । कलेजले व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण विद्यार्थीलाई होटेल रेडिसनमा स्नातक समारोह बीच पुरस्कृत गरेको थियो । आयोजित कार्यक्रममा पवन गोल्यान, परशुराम कुँवर क्षेत्री लगायतका उपस्थित रहेको थियो । व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण गर्ने १२० विद्यार्थी रहेका थिए।

चार वर्षसम्म अध्यनरत विद्यार्थीलाई विविध विधामा अवाड प्रधान गरेको थियो। व्यवहारिक, सैद्धान्तिक र अनुसन्धानमा आधारित अध्ययन अध्यापनले नै छोटो समयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका प्रबन्ध निर्देशक डा नरबहादुर बिष्ट जानकारी दिएका छन् । उनका अनुसार यस कलेजले विद्यार्थीका लागी विभिन्न इन्टर्नशिप, रोजगार नियुक्ति लगायत अवसरहरू पनि प्रधान गर्दै आएको बताए। आफुले सोचे अनुसारको पेशामा उच्च सफलता हासिल गरिरहेको हुँदा विश्वविद्यालय नमूना र नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट कलेज हुन सफल भएको बताए ।

डा. बिष्टले युनिग्लोब अन्य कलेजहरुभन्दा बिभिन्न दृष्टिकोणले एकदमै फरक र उच्च स्ट्यान्डर्ड रहेको भन्दै बिद्यार्थीहरु यस कलेजमा बिद्यार्थीहरु आकर्षित रहेको जनाए । उनले शैक्षिक उत्कृष्टताका साथै अतिरिक्त सिपमूलक क्रियाकलापमा पनि यस कलेजले जोड दिने गरेको बताएका छन् । बेस्ट बिजनेस अवार्ड होल्डर भइसकेको युनिग्लोबले हरेक वर्ष इन्टर्नेस्नल कन्फरेन्स गर्ने, विद्यार्थीहरुलाई इन्टर्नेस्नल कन्फरेन्समा अन्य देशहरुमा पठाउने , विदेशी विश्व बिद्यालयका प्रोफेसरहरुलाई भिजिटिङ फ्याकल्टीका रुपमा कोर्स पढाउनकै लागि निमन्त्रणा गर्ने गरेको र यसबाट विदेशमा कसरी पढाई हुन्छ भनेर थाहा हुनेमा समेत जोड दिएका छन् ।

यस बाहेक फाइन्यनन्स र कम्सुनकिेसन ल्याब युनिग्लोबले विद्यार्थीको रिसर्च पेपर, अनुशासन, असाइनमेन्टमा उच्च ध्यान दिने र रियल रिर्सच पेपरलाई इन्टर्नेस्नल लेभलको जर्नलहरुमा प्रकाशन गर्ने गरेको र वर्षमा ४ थरिका १६ जर्नल प्रकाशन हुने उनले दाबी गरेका छन् ।







प्रतिकृया