• २ असोज २०८३, शुक्रबार
  • २ः२० दिउँसो

पल शाहको मुद्दा विपक्षीबाट स्थगित

प्रकाशित मिति

२०७९ भाद्र ८ गते, बुधबार ०५:४२

८ भाद्र २०७९, काठमाडौँ : अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो । बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो ।

National Life

बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले बताए ।

प्रतिकृया