• १३ असोज २०८३, मंगलबार
  • ३ः०९ दिउँसो

कोटेश्वरमा दुईवटा सार्वजनिक गाडी तोडफोड

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ०९:२३

७ भाद्र २०७९, काठमाडौं : कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍। ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ ।

National Life

त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडीको भागको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको बताइएको छ । बस तोडफोड गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेका हुन् ।

प्रतिकृया