आर्सनलको लगातार दोस्रो जित
प्रकाशित मिति
२०७९ श्रावण २९ गते, आईतवार ०६:३१
२९ साउन २०७९, एजेन्सी : प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराएको हो । घरेलु मेदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । त्यस्तै ग्रेनिट साका र ग्रेबियल मार्टिनेलीले एक–एक गोल गरे ।
यता लेस्टरका लागि जेम्स मेडिसनले एक गोल गरे । त्यस्तै लेस्टरले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलका विलियम्स सालिबाले ५३औं मिनेटमा आत्मघाती गोल गरेका थिए । खेलको २३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दौ आर्सनलको अग्रता दोब्बर पारे ।
५३ औं मिनेटमा आर्सनलका सालिबाले आत्मघाती गोल गर्दा लेस्टर २–१ गोलको अवस्थामा आयो । ५५ औं मिनेटमा साकाले गोल गर्दा आर्सनलले ३–१ गोलको अग्रता बनायो । ७३ औं मिनेटमा लेस्टरका लागि मेडिसनले गोल गर्दै टिमलाई ३–२ गोलको अवस्थामा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै टिमलाई सहज जित दिलाए । यो जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ । आर्सनल तालिकाको दोस्रो स्थानमा छ । इता लेस्टको यो पहिलो हार हो । लेस्टरले लिगमा २ खेलबाट १ अंक जोडेको छ ।
प्रतिकृया