• ०८:४३ २०८० चैत्र ६ गते
  • 8:43 am

बर्नमाउथ माथि सिटीको सहज जित

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०६:३०

२९ साउन २०७९, एजेन्सी : प्रिमियर लिग फुटबलमा साविकको विजेता टोली म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन इके गुन्डोगन, केभिन डी ब्रुयना र फिल फोडेनले एक–एक गोल गरे । एक गोल सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।


३१ औं मिनेटमा डी ब्रुयनाले गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो । ३७ औं मिनेटमा फोडेनले गोल गर्दा सिटीले ३–० गोलको अग्रता बनायो । ७९ औं मिनेटमा बर्नमाउथका जेफेर्सन लेर्माले आत्मघाती गोल गर्दा सिटीले ४–० गोलको सहज जित निकाल्यो ।जितसँगै सिटीले दुई खेलमा ६ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा छ ।


पराजित बर्नमाउथको २ खेलबाट ३ अंक छ । आज नै भएको अर्को खेलमा साउथह्याम्पटनले लिड्स युनाइटेडसँग २–२ गोलको बराबरी खेलेको छ । यसै समयमा भएका अन्य दुई खेल पनि बराबरीमा सकिए । फुलहम र उल्भ्ससँग गोलरहित बराबरी खेल्दा ब्राइटनले पनि न्युक्यासलसँग गोल रहित बराबरी खेल्यो ।

प्रतिकृया