• 11:23 pm

चित्तलको मासुसहित सिकारी पक्राउ

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०३:३५

२६ साउन २०७९, काठमाडौं: कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ। श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरिएको हो।


पक्राउपश्चात् निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य सिकारीको पनि संलग्नता रहेको पाइएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य ७ जना पक्राउ परेका छन्।पक्राउ परेका व्यक्तिबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरी आवश्यक कारबाहीका लागि कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाइएको छ।

प्रतिकृया