• १३ असोज २०८३, मंगलबार
  • ६ः५३ बेलुका

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०९:१२

२६, साउन २०७९, काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका वडा नं। २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति मुग्लिन-नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले अन्दाजी २४र२५ वर्षका नाम, थर, वतन नखुलेका पैदलयात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

National Life

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकले ठक्कर दिएर ती युवकलाई घिसारेको थियो । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया