• १३ असोज २०८३, मंगलबार
  • ७ः३३ बेलुका

बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०८:३९

२६ साउन २०७९, काठमाडौँ : सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए।

National Life

कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्। कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ। यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले टुंगो लगाउनेछन्।


सम्भवत आजको कार्यदल बैठकमा दलहरूले आ-आफ्ना दाबी पेश गर्दैछन्। नेपाली कांग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दवाव छ। अन्य दलले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन्। गत स्थानीय चुनावको मतलाई मुख्य आधार मानेर सिट बाँडफाँट गर्न खोजिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया