• १३ असोज २०८३, मंगलबार
  • ३ः३० दिउँसो

रियल मड्रिडलाई सुपर कप उपाधि

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०६:४७

२६ साउन २०७९, काठमाडौं : आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्। बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।

National Life

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो। बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन्। उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

प्रतिकृया