• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

आजदेखि गठबन्धनको सिट बाँडफाँट कार्यदलले काम थाल्ने, बालुवाटारमा बोलाइयो बैठक

प्रकाशित मिति

२०७९ श्रावण २३ गते, सोमबार ०८:१४

२३ साउन २०७९, काठमाडौँ : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ। चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेका थिए।


उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ। साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो। कार्यदलमा जसपाबाट सदस्य रहेका रामसहाय यादवले सोमबार अपरान्ह ३ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने बताए। ‘आज कार्यदलको बैठक बस्दैछ। अब हामीले काम सुरू गर्छौं,’ उनले भने।

Kamana Sewa

कार्यदल बैठकमा सिट बाँडफाँटका आधारलगायत विषयमा कुराकानी हुने बताइएको छ। यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन्। यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए।

Classic Tech Desktop

प्रतिकृया