माछापोखरीबाट चोरीएको स्कुटर दरबारमार्ग ज्याठाबाट ट्राफिक प्रहरीको नियन्त्रणमा
प्रकाशित मिति
२०७९ श्रावण १३ गते, शुक्रबार ११:११
१३ साउन २०७९, काठमाडौं: स्कुटर चोरी गर्ने १ जनालाई स्कुटरसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं।२६ दरबारमार्ग ज्याठा सडक खण्डबाट बागमति प्रदेश-०२-०३७ प ९४१०नम्बरको ग्रे रंङको स्कुटरचलाई रहेको अवस्थामा जिल्ला पर्वत कुस्मा नगरपालिका वडा नं.०९ हातेमालो चोक घर भई काठमाडौँ माछापोखरी बस्ने वर्ष २२ को निरज थापालाईस्कुटर सहित नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उक्त पक्राउ भएकोस्कुटर जिल्ला तनहुँ भिरकोट गाउँपालिका वडां नं. ०३ घर भई हाल काठमाडौँ थानकोट बस्ने बिजय थापाले काठमाडौँ माछापोखरी बाट हराएको भनि यस कार्यालयमा निवेदन दिएका थिए। पक्राउ गरिएको व्यक्तिसहित उक्त स्कुटरलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्तबालाजु पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।





प्रतिकृया