• ५ असोज २०८३, सोमबार
  • ५ः४५ बिहान

प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ श्रावण १३ गते, शुक्रबार १०:५८

१३ साउन २०७९, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रचण्डनिवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ। नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

National Life

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन्। देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए। तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए । बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले प्रधानमन्त्री देउवालाई केही दिन पर्खन भनेको र चाँडै निर्वाचनको मिति घोषणा हुने बताएका थिए।

प्रतिकृया