• 8:50 am

एसईई नतिजा सार्वजनिक

प्रकाशित मिति

July 27, 2022

११ साउन २०७९,काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।


गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो। गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।


यो वर्ष ४ जीपीय ल्याउने संख्या ९ हजार ६ सय ३३ रहेको छ। परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

प्रतिकृया