• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४६ राती

एसईई नतिजा सार्वजनिक

प्रकाशित मिति

२०७९ श्रावण ११ गते, बुधबार ०४:०८

११ साउन २०७९,काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।


गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो। गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।

Kamana Sewa

यो वर्ष ४ जीपीय ल्याउने संख्या ९ हजार ६ सय ३३ रहेको छ। परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया