• १३ असोज २०८३, मंगलबार
  • ३ः३६ दिउँसो

इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृखंला भारतलाई

प्रकाशित मिति

२०७९ श्रावण २ गते, सोमबार ०६:१९

२ साउन २०७९, काठमाडौँ : भारतले घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखंला २(१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो । इङ्ग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इङ्ग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।

National Life

यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले ४५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २५९ रन बनायो । इङ्ग्ल्यान्डका जोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डेयले ४ विकेट लिए ।

प्रतिकृया